मंजुल र प्रेरणालाई दक्षिण एसियाली  साहित्य पुरस्कार



दिल्ली । 

फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर अर्थात् फोसवालको आयोजनामा आज सुरु भएको फोसवाल लिटरेचर फेस्टिभलमा नेपालका दुई साहित्यकारहरू मंजुल र गोविन्द गिरी प्रेरणालाई फोसवाल लिटरेचर अवार्ड प्रदान गरिएको छ ।

प्रख्यात भारतीय साहित्यकार तथा फोसवालकी अध्यक्ष अजित कौर र भारतका लागि नेपाली राजदूत डा।शंकरप्रसाद शर्माले अवार्ड हस्तान्तरण गरेका थिए । फोसवाल लिटरेचर अवार्ड नेपालका मंजुल, प्रेरणासहित वंगलादेशका प्रोफेसर फकरूल आलम, भुटानकी छादोर वांगमे तफा श्रीलंकाका डा। कांडिय श्रीगनेशनले प्राप्त गरेका थिए ।

आगामि ६ डिसेम्वरसम्म चल्ने सो फेस्टिभलमा नेपालका साहित्यकारहरू डा. अभि सुवेदी, विधान आचार्य, संस्कृति दुवाडी, नाज सिंह, भीष्म उप्रेती, डा। एकप्रसाद दुवाडी, मुकुन्द प्रयास, रोशन परियार, मंजुल तथा गोविन्द गिरी प्रेरणा सहभागी भएका छन् ।

पहिलो दिनको कार्यक्रममा डा. अभि सुवेदीले भक्ति, बुद्धि जम, सुफिजम सेसन तथा अंगुइस ओभर द टू सेन्सलेस वार्स सेसनमा आफ्नो धारणा राखेका थिए भने अतिथिको रूपमा भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नेपाली साहित्यको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्