नेपाली पत्रकारिताको क्षेत्रमा कामना समूहको योगदान अतुलनीय: सशस्त्र महानिरीक्षक अर्याल

0
Shares

कामना न्युज पब्लिकेसन्स्ले स्थापनाको ३९औं वसन्त पार गरी ४०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस संस्थामा आवद्ध सञ्चारकर्मीलगायत सबै तहका कर्मचारीहरूको उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यसै गरी प्रकाशन समूहका संस्थापक तथा प्रधान सम्पादक स्व.पुष्करलाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
नेपाली पत्रकारिताको क्षेत्रमा कामना प्रकाशन समूहले पु¥याएको योगदान अतुलनीय रहेको छ । कामना सिने मासिकमार्फत् नेपाली चलचित्र उद्योगका विविध विषयवस्तुहरू समेटेर तयार पारिएका सामाग्रीहरूले पाठक वर्गहरुमा यससम्बन्धी ज्ञान, सूचना र जानकारी प्रदान गरिरहेको महसुस गरेको छु । साधना हेल्थ मासिकमार्फत् सम्प्रेषण गरिएका सामाग्रीहरूले स्वास्थ्यसम्बन्धी जानकारी लिनको लागि सहज भएको छ । यसै गरी विगतमा महानगर सन्ध्याकालीन दैनिकमार्फत् दिनभरिको घटना तथा गतिविधिहरू आम पाठक माझ पु¥याउने प्रकाशन समूहको कार्य तत्कालीन सूचनाको आवश्यकतालाई पूरा गर्न सक्षम भएको थियो ।
नेपाल समाचारपत्र दैनिकले सूचना, मनोरञ्जन तथा समाचारको आवश्यकतालाई पूरा गर्न लामो समयदेखि गरेको प्रयास र देखिएको लगनशीलताले नेपाली पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यसै गरी वर्तमानमा सूचना प्रवाहको मेरुदण्डको रूपमा रहेको न्यू मिडिया अर्थात् डिजिटल मिडियालाई आत्मसाथ गर्दै न्यूज अफ नेपाल डटकममार्फत् संसारभरि सूचना सम्प्रेषण गर्ने कार्य समेत प्रशंसनीय रहेको छ ।
आगामी दिनमा प्रकाशन समूहले सदाझैं सही¸ तथ्यपरक र कुनै पनि विषयवस्तुमा गहिरो अध्ययनका साथ सत्य र तथ्यपूर्ण समाचार र विचार प्रस्तुत गर्ने छ भन्ने विश्वास लिएको छु । सूचनाको आवश्यकता र यसलाई ग्रहण गर्ने आयाम तथा तौरतरिका फरक हुँदै गएको वर्तमान डिजिटल युगमा छापा माध्यमलाई अरूभन्दा फरक ढंगले प्रस्तुत गरी  आम जनचासो र समयानुकूल सूचनाको परिवर्तित स्वरूपलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने जरुरी छ ।
सञ्चार माध्यम विशेषगरी समाचारपत्र सम्पादक मण्डलले सुरक्षाको क्षेत्रमा पुर्याएको योगदानलाई व्यक्तिगत एवं संगठनको तर्फबाट प्रशंशा गर्न चाहन्छु । प्रतिष्पर्धात्मक वर्तमान परिप्रेक्ष्यमा ईमान्दारिता र सत्य निष्ठाको विजय नै एकमात्र सफलता हो भन्ने वस्तुपरक यथार्थलाई हामी सबैले स्वीकार्नुपर्ने हुन्छ र यसैको निरन्तरतामा यो प्रकाशन समूहले अझै योगदान पु¥याउनेछ भन्ने अपेक्षा समेत राखेको छु । सशस्त्र प्रहरी बलको स्थापनाकालदेखि नै नेपाल समाचारपत्रले संगठनको कामकारबाहीका बारेमा गरेको सकारात्मक समाचार सम्प्रेषण, खबरदारी र सुझाव हाम्रा लागि मार्गदर्शकसमेत भएका छन् । यसै गरी संगठनले गरेका आम जनचासोका कार्यहरूको प्रचार प्रसारमा प्रकाशन समूहले दिएको साथ र सहयोग पनि हाम्रा लागि स्मरणीय छन् ।
अन्त्यमा पुनः एकपटक कामना प्रकाशन समूहले तथ्यगत पत्रकारितामा जोड दिँदै आपूmलाई थप परिस्कृत गर्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।