सेयर बजार ११.२७ अंकले घट्यो



काठमाडौं ।

चालु साताको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार २९० कम्पनीका ५२ हजार २०९ पटक भएको कारोबारमा ५९ लाख ९६ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा  १ अर्ब ७४ करोड ७७ लाख ६४ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । यसदिन ६१ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्