अनन्या र आदित्य सँगै भेटिएपछि …



पछिल्लो समय अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य कपुर रोयबीचको प्रेम सम्बन्धको चर्चाले बलिउड गर्माएको छ।
पछिल्लो समय विभिन्न कार्यक्रममा सँगै देखिँदै आएका यी दुईको तस्वीर सामाजिक सञ्जालमा पनि उत्तिकै छाइरहेको हुन्छ।

आधिकारिक रूपमा प्रेम सम्बन्ध नस्विकारे पनि यी दुईको सम्बन्ध भने दुनियाँबाट लुक्न नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसैबीच हालै उनीहरूको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। जसमा उनीहरू एउटै कारमा बसिरहेका देखिन्छन्। सोही बेला पापाराजी तथा सञ्चार माध्यमले भेटेर सँगै फोटो तथा भिडियो लिन थालेपछि उनीहरू लजाएको देखिन्छ।

उक्त भिडियो इन्टरनेटमा अपलोड भएपछि यो भिडियोका साथै उनीहरूको प्रेम चर्चा चुलिएको छ। अभिनेता चंकी पाण्डेकी छोरी अनन्या र आदित्यको प्रेम चर्चा हट गसिप बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्