अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल हुने



महिला पत्रकारको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आईवार्ट) को नेपाल शाखाले अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभलको तेस्रो संस्करण आयोजना गर्ने भएको छ।

हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी ९ गते चावहिल, सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डमा सो फेस्टिभल आयोजना गरिनेछ। कार्यक्रममा बोल्दै आईवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले महिला फिल्म निर्मातालाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको बताइन्।

महोत्सवमा देश तथा विदेशका महिला फिल्म निर्मात्री सहभागी हुनेछन् भने सोही दिन नेपाली लघु फिल्म प्रतिस्पर्धासमेत आयोजना गरिनेछ। महोत्सवकी निर्देशक संगीता श्रेष्ठले यस महोत्सवले फिल्म क्षेत्रमा आबद्ध रचनात्मक सोच भएका महिलालाई प्रोत्साहन गर्ने आशा व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्