पञ्चेबाजाको स्वादमा पारिजातको बोट



खिमानन्द खरेलले पारिजातको बोट बोलको गीत हालै सार्बजनिक गरेका छन्। पञ्चेबाजाको स्वादमा तयार भएको गीतमा ईश्वर सिंह र सुनीता बुढा क्षेत्रीको स्वर रहेको छ।

खरेलको शब्द र रामचन्द्र चन्दको लय तथा संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायांकन गरिएको छ।

सुमन थापाको निर्देशन र कोरियोग्राफीमा तयार पारिएको भिडियोमा सुमन थापा, दिप्सन छेत्री, अस्मिता रणपाल र नवीना घर्तीले अभिनय गरेका छन् भने राम केसीको छायांकन र अमृत चौलागाईंको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्