श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप



काठमाडौँ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले यू-१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । यसअघि श्रीलंकामा आयोजना हुने भनिएको यू-१९ विश्वकप श्रीलंकाको क्रिकेट बोर्ड आइसीसीद्वारा निलम्बनमा परेपछि विश्वकपको आयोजन दक्षिण अफ्रिकालाई दिइएको हो ।

दक्षिण अफ्रिकाले यसअघि २०२३ मै महिला यू-१९ विश्वकपक आयोजना गरेको थियो भने २०२० को यू-१९ विश्वकप पनि दक्षिण अफ्रिकामै आयोजना गरिएको थियो । यू-१९ विश्वकप जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने यस अघि तोकिएको मितिमा भने आइसीसीले कुनै परिवर्तन अहिलेसम्म गरेको छैन ।

यस यू-१० विश्वकपमा १६ देशले भाग लिदै छन् । जस अन्तर्गत ११ पूर्ण सदस्यले सिधै प्रवेश पाएका छन् । जसमा श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश, इङल्याण्ड, आयरल्याण्ड, वेस्टइन्डिज र जिम्बाबे रहेका छन् । त्यस्तै ५ देश क्षेत्रीय छनौट खेलेर विश्वकपमा छनौट भएका छन् । जसमा नामिबिया, नेपाल, न्यूजील्याण्ड, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

१६ देशलाई चार समुहमा विभाजित गरिएको छ । जसमा नेपाल समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्डसँग परेको छ । नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्यूजील्याण्डसँग, दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र तेस्रो खेल २० जनवरीमा अफगानिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्