भारतीय फूलमा बन्देज नहुँदा  मालीहरुको पुस्तैनी पेसा धरापमा



महाेत्तरी  । 

पुस्तैनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम विनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।

 भारतबाट आयात भएका फूल कै कारण मूल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।

 उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेसा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । `पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेसा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि व्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,´ भण्डारीले भने, `अब त पेसा नै परिवर्तन गर्नुपर्ने अवस्था देखा परेकाे छ ।´उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर, १ कठ्ठाको पनि बिक्री नभएको उनकाे गुनासो छ । भारतीय फूल सिमा, नाकावाट नभित्र्याउने सरकारले निर्णय गरे तापनी अबैधानिक बाटोवाट भित्रिदा मधेशमा माली लगायत किसानहरुलाई ब्यापारमा समस्या भएको भण्डारीको बुझाई छ ।

 भण्डारी जस्तै जनकपुर -६ का जितेन्द्र भण्डारीको पनि उहीँ चिन्ता छ । व्यवसायिक रुपमा ६ महिना अगाडी चिस्यानमा स्टोर गर्ने र निक्कै कम मूल्यमा बेच्नेहरुको कारण आफूहरू सङ्कटमा परेको उनले बताए ।

 पुर्ख्यौली पेसाको रुपमा अवलम्बन गरिएको कयौँ माली समुदाय यो पेसाबाट विस्थापन भएको र पहिचानको लागि भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताए । नजिकै जानकी मन्दिर भए तापनी पहिलेजस्तो नभएको उनले जनाए ।

 पुजा कर्मका लागी दैनिक हजारौँ मालाहरु बेच्ने गरेको अनुभव सुनाउँदै भण्डारीले फूलको रेटमा मनलाग्दी गरिन थालिएको उनकाे भनाइ छ । `सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनु पर्छ,´ भण्डारीले भने, `अनि मात्र हामी जस्तो फूल व्यावसायीहरु मारमा पर्दैनौ ।´

 तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्याङ्क छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिदा यसलाइ उल्लेख गरिएको थियो ।

 पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तैनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले बेवास्ता गर्दा भारतीय पुष्प व्यवसायीहरुका लागी नेपाल आकर्षक बजार बनेको छ ।

 भारतबाट आयात भएका फूल कै कारण बर्दिबासमा आएर फूल बेच्ने कयौँ ब्यापारीले बिक्री नभएपछि हजारौँ मालाहरु डस्टविनमा फ्याकेका थिए । तर, बजार आंकलन गरेर फूल बेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्