सिन्धुली कारागारमा एक कैदीको मृत्यु



काठमाडौँ।

जिल्ला कारागार सिन्धुलीमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा रहेका छन्।

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ ।

मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्