वार्तापछि अमेरिकी राष्ट्रपति जो वाईडेनल फेरि भने- ‘चिनियाँ राष्ट्रपति तानाशाह नै हुन्’


वासिगटन डिसी।

 अमेरिकी राष्ट्रपति जो बाइडेनले आफना चिनियाँ समकक्षी सि जिनपिङ ‘तानाशाह’ भएको पुनः टिप्पणी गरेका छन् ।

 अमेरिकामा समकक्षी जिनपिङसँग भेटवार्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै वाइडेनले  जिनपिङलाइ ‘तानाशाह’ भनी टिप्पणी गरेका हुन् ।

सिएनएनका अनुसार वाइडेनले आफ्नो अघिल्लो टिप्पणी ‘तानाशाह’ लाई दोहोर्‍याएका छन् । उसका अनुसार वाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पुनः ‘तानाशाह’ भनेका छन्, त्यो पनि दुई नेताले शिखर सम्मेलनको लागि भेटेको केही घण्टा पछि नै । यद्धपी, वाइडनेले दुई देश बिचको वार्तालाई ‘सबैभन्दा फलदायी वार्ता’को रूपमा वर्णन भने गरेका छन् ।

सीएनएनको एमजे लीले सोधेका थिए, ‘यदि राष्ट्रपतिले सीलाई विगतमा जस्तै ‘तानाशाह’को रूपमा वर्णन गर्नुहुन्छ ?’ जवाफमा बाइडेनले भने, ‘हेर्नुहोस्, उहाँ हुनुहुन्छ ।’

 उनले अगाडी भने, ‘उनी यस अर्थमा तानाशाह हुन् कि उनी कम्युनिस्ट भएको देश चलाउने नेता हुन् र त चिनियाँ सरकार हाम्रो भन्दा पूर्ण रूपमा फरक छ।’

बाइडेनले यसअघि क्यालिफोर्नियामा भएको एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सीलाई पहिलाे पटक ‘तानाशाह’ सँग तुलना गरेका थिए किनभने उनले फेब्रुअरीमा चिनियाँ बेलुनलाई अमेरिकी लडाकु विमानहरू खसालेको भन्ने विवाद बाहिरिएको बेला यस्तो टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।