पूर्व प्रधानमन्त्री खनालले लगाए दिदीबहिनीको हातबाट भाइटीका



काठमाडौँ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका ग्रहण गरेका छन् । नेता खनाल आज भक्तपुर पुगेर भाई दाताराम खनालसहित दिदी र बहिनीको हातबाट भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ।

नेता खनालले दिदी र बहिनीलाई पनि शुभसाइतमा टीका लगाइदिए । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि आज दिनभरी भाइटीका लगाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्