नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई यस वर्षको राष्ट्रिय विभूति शंखधर साख्वा सम्मान



भक्तपुर।

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई यस वर्षको राष्ट्रिय विभूति शंखधर साख्वा सम्मानबाट सम्मानित गरिएको छ ।
नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको नयाँ ठिमीमा आज आयोजित नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण समारोहमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानको तर्फबाट नेपाल समाचारपत्र दैनिकको मातृसंस्था कामना न्युज प्रकाशन प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठलाई सम्मानपत्रले सम्मानित गरे ।

विगत ३० वर्षदेखि नेपाल संवत् विशेषाङ्क मार्फत नेपाल संवत्लाई व्यापक बनाउन र प्रचार एबं संवर्द्धन गर्न ऐतिहासिक योगदान पुर्‍याएको भन्दै राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानले पुष्करलाल श्रेष्ठद्धारा प्रतिस्थापित समाचारपत्र दैनिकलाई सम्मान गरिएको हो ।

सो अवसरमा  पत्रकार नारायण सुन्दर किलम्बु,संगीतकार रामकृष्ण दुवाल,नेपाल संवत्का अभियन्ता गणेश सायमी र इन्जिनियर सौनक रञ्जितकारलाई नेपाल संबतलाई प्रचार र संवर्द्धन गर्न सहयोग पुर्‍याएको भन्दै सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्