पोखरा बस दुर्घटना अपडेट : ३ जना गम्भीर घाइते भएको अस्पतालको पुष्टि



पोखरा। 

 पोखरा महानगरपालिका २२ शान्तिस्तुप्पा नजिक भएको बस दुर्घटनामा बसमा सवार ३५ जना यात्रु घाइते भएको अस्पतालले पुष्टि गरेको छ । आज दिउँसो सडकबाट करिब २० मिटर तल खसेको बसमा सवार ३५ जना यात्रु नै घाइते भएका थिए । उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

अस्पतालले ३५ जनामध्ये ३ जनाको अवस्था गम्भीर  रहेको  विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा  २८ जना सामान्य घाइते रहेको बताइएको छ । ३५ मध्ये २३ महिला र १२ पुरुष यात्रु रहेका थिए ।

 चालक तनहुँका रमेश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्