गाजा अस्पतालनजिकै फेरि विस्फोट



काठमाडाैं  ।

पछिल्ला केही घण्टामा गाजाका धेरै अस्पतालहरू नजिकै विस्फोट भएको खबर सार्वजनिक भएका छन्। विस्फोटमा परी ज्यान गुमाउनेहरुको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।

रोयटर्स समाचार एजेन्सीले प्यालेस्टिनी मिडियालाई उद्धृत गर्दै गाजाको सबैभन्दा ठूलो अस्पताल अल(सिफा, साथै अल(कुड्स र इन्डोनेसियाका अस्पतालहरूनजिकै विस्फोट भएको जनाएको छ।

हमासले आफ्नो टेलिग्राम च्यानलमा एक भिडिओ सेयर गर्दै यो अल(कुड्स अस्पतालनजिक इजरायली हवाई हमलाको भएको दाबी गरेको छ।
यस च्यानलमा भत्किएको भवनको तस्बिर पनि सेयर गरिएको छ र कुवेती अस्पताल पछाडि विस्फोट भएको दाबी गरिएको छ।आफूले भने भिडिओ स्वतन्त्र रुपमा पुष्टि गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्