कटुवा पेस्तोल र गोली ३ राउण्डसहित एक जना पक्राउ


मोरङ । 
धनपालथान गाउँपालिका-२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सर्लाही हरिपुर्वा नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन्द्र कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।