मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन मेजर अपरेसन जरुरी : पूर्वअर्थमन्त्री पौडेल



बुटवल। 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा आर्थिक विकास , समृद्धि, र सुशासनका क्षेत्रमा कहालीलाग्दो अवस्था देखापरेको बताएका छन् । तमाम समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा कसरी बस्ने र सत्ता टिकाउनमा मात्र केन्द्रित रहेको उपाध्यक्ष पौडेलले आरोप लगाए ।

 बुटवलमा आइतबार प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वअरहेका  पौडेलले ‘मुलुकको अर्थतन्त्रलाई चान्ने चुन्ने उपचार गरेर होइन, मेजर अपरेसन गर्नुपर्ने अवस्था आएको बताए ।

मुलुकको अर्थतन्त्रको ढाँड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको उनले गुनासो गरे । सरकार अपरेसन त परै जाओस् सिटामोल समेत दिन सकेको  छैन अनि यस्तो सरकारले अर्थतन्त्रलाई लयमा फर्काउन  नसक्ने उनले जिकिर गरे  ।

कर्मचारीलाई ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था आएको भन्दै उनले  निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसको र  पेन्सन  खुवाउनु आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको दाबी  गरे।

मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा विपरीत राजनीति गरेको समेत पौडेलले दाबी गरे ।

‘राष्ट्रपति दलको नेताजस्तो बन्ने होइन’ उपाध्यक्ष पौडेलले भने ‘कुनै बेला अमुक दलको नेता हुनुहुन्थ्यो । अब त्यस्तो होइन । कुनै दलको पैरवी गर्ने होइन । काँग्रेसलाई भोट गरेको धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन फोन गर्ने नभई आफ्नो मर्यादामा बस्नुपर्छ ।’

उनले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउने काममा समेत उद्धत देखिएको बताए ।

कोशी प्रदेश सरकारको लागि एमालेले कुनै खेल नखेलेको  स्पष्ट पार्दै नेता पौडेलले मुख्यमन्त्री केदार कार्कीलाई सहयोग गरेर प्रदेशलाई संकटतर्फ जानबाट जोगाएको बताए  ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव केशव भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्