अवैध लागूऔषधसहित ९ जना पक्राउ



काठमाडौं ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले से.५ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, दुहबी नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन २० ग्राम २ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका-५ बस्ने २९ वर्षीय श्याम कुमार साह र सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मनिष खुलाल रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको संयुक्त टोलीले को।११ प २८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ जुनेली पथ डेरा गरी बस्ने २२ वर्षीय शेर बहादुर सुनुवार र सोही ठाउँ पुरानो बजार बस्ने ३३ वर्षीय सुसन श्रेष्ठलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ हजार १ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ४ सय क्याप्सुलसहित शनिबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका-८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका-१० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, मधुबन नगरपालिका-२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्