धादिङमा जिप दुर्घटना : १ को मृत्यु, १६ जना घाइते



धादिङ।

धादिङबेसीबाट गंगाजमुना गाउँ पालिकाको ताजिम्राङतर्फ जाँदै गरेको यात्रुवाहक जिप  धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर  सातदोबाटोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  १६ जना घाइते भएका छन् ।

दुर्घटनामा गंगाजमुना गाउँपालिका वडा नम्बर २ का १६ वर्षीय अनुरुप तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

आइतबार  मे १ ज  ख २६६९  नम्बरको जिप ग्रामीण कच्ची सडकमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा दशै विदामा  घर जान लागेका बालबालिका र अभिभावकहरु घाइते भएको स्थानीय सामाजिक कार्यकर्ता  धर्म थपलियाले बताए ।

घाइतेहरूको स्थानीय गुम्दी स्वास्थ्य चौकी सातदोबाटोमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्