सिन्धुपाल्चोकमा बसको ठक्करबाट महिलाको मृत्यु



काठमाडौं ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६, अधेरीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा। ३ ख ५५४ नं। को अरनिको यातायात बसले सोही ठाउँ बस्ने ४५ वर्षीया माइली तामाङलाई शनिबार ठक्कर दिएको थियो ।

सोही बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्