हृदयरोग निवारण प्रतिष्ठानद्वारा शुभकामना आदानप्रदान



काठमाडौं ।

नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान, ललितपुर शाखा र हार्टक्लव नेपालको संयुक्त आयोजनामा प्रतिष्ठानकै सभाकक्ष ललितपुरमा नजिकदै गरेको विजयादशमी, तिहार तथा छठपर्वको शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो ।

आजै सो उपलक्ष्यमा सोहीदिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रेमराज वैद्यले उच्च रक्तचाप एक सुषुप्त रुपमा आउने रोग हो तथा यो रोगलाई समयमै उपचार नगरे यस्ले ज्यानसम्म लिनसक्ने बताए । यो रोगबाट खान हुन र जोखिमबाट मुक्त हुन शुभ(कामना दिँदै वढी चिल्लो तथा वोसोयुक्त भोजन नगर्नपनि सुझाव दिए । सो छलफलमा वहाँले उच्च रक्तचाप भएकाहरुले समय समयमा र ३०र३५ वर्ष कटेकाहरुले वर्षको एकपटक मुटुरोग विशेषज्ञको सल्लाहमा मुटुरोगको अवस्था केकसो छ जचाउनुपर्छ जनाकरी दिए ।

आजै उक्त अवसरमा स्तन क्यान्सरको रोग पहिचान र जोखिमवारे डा.सुशिला वैद्यज्युले उपस्थित महानुभावहरुलाई आश्वस्त पार्दै क्यान्सरवाट समयमै वचन समयमै ध्यान दिनुपर्ने बताए ।विवाहित, अविवाहित र विवाह भएर वच्चा समयमै नहुनेहरु मा पनि स्तन क्यान्सरको जोखिम रहन्छ बताए । क्यान्सर रोग पुरुषहरुमा मात्र नभइ महिला वा केटीहरुमा वढि जोखिम रहने जनाकारी दिए ।


महिला दिदी वहिनीहरुले वाथरुम प्रयोग गर्ने समयमा निर्वस्त्र भएर ऐना अगाडि उभेर आफ्नो हातले हल्का तवरमा आफ्नो स्तनको वरिपरि गिर्खाहरु छ छैन छाम्नुपनेृ बताएका छन् । यदी गिर्खा छभने सम्वन्धित डाक्टरको परामर्शमा जान सल्लाह दिए ।उनले यस्ता रोगवाट वच्न समय समयमा डाक्टरको परामर्शमा रहनुनै उचित हुने बताए । सो सभा नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाका सभापति वालकृष्ण तुलाधरको अध्यक्षतामा संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्