सत्य र तथ्यका आधारमा कलम चलाउन पत्रकारलाई राष्ट्रपति पौडेलको आग्रह



काठमाडौँ। 

राष्ट्रपति रामचन्द्र पौडेलले  पत्रकारहरुलाई सत्य र तथ्यका आधारमा कलम चलाउन आग्रह गरेका छन् । शुक्रवार  शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति  पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै  विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र नभई  मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रँदा समेत  आफ्नो पेसागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सुसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताए।

मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको बताउँदै राष्ट्रपति  पौडेलले यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन पनि आग्रह गरे।

 

 

प्रतिक्रिया दिनुहोस्