एमाले मधेस प्रदेशमा सहमति जुटेको दावी, अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत !



जनकपुर ।

नेकपा एमाले मधेस प्रदेशको भावी नेतृत्वका लागि सहमति जुटेको दावी गरिएको छ । जनकपुरमा जारी प्रदेश अधिवेसनमा अध्यक्षमा चन्देश्वर मण्डलको नेतृत्वमा पाँचै पदाधिकारीमा सहमति जुटेको दावी गरिएको हो ।

जसअनुसार उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल तथा उपसचिवमा आरती भण्डारी र मोहम्मद कयस सर्वसम्मत भइसकेका छन, यसको औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको एक सदस्यले जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यतालिका सार्बजनिक भइसकेको र त्यसको प्रक्रिया पुरा गर्नुपर्ने भएकाले मात्रै निर्वाचन कमिटीले औपचारिक घोषणा नगरेको हो ।

सो अधिवेसन गत बुधवारबाट सुरु भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले भावी नेतृत्वका लागि सकेसम्म सर्वसम्मत नभए स्वस्थ्य प्रतिस्पर्धावाट नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्