क्यान्सर अस्पताल र हार्ड रक क्याफेको आयोजनामा स्तन क्यान्सर नियन्त्रणबारे छलफल



काठमाडौं ।

नेपाल क्यान्सर अस्पताल र हार्ड रक क्याफेको आयोजनामा स्तन क्यान्सर नियन्त्रण र यसबाट बच्ने उपायको बारेमा छलफल गरेको छ ।

बिश्व स्तन क्यासर दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा स्तन क्यान्सरबाट सभाइभर भएका महिला तथा पुरुषहरुले आफ्ना अनुभव सुनाएका थिए ।क्यान्सर लाग्नासाथ मृत्यु भइहाल्छ भन्ने आम मान्यता मिथ्या रहेको बताउदै स्तन क्यान्सर सभाइभरहरुले यसको उपचार समयमा भए क्यान्सरलाई जित्न सकिने। बताएका थिए ।

स्तन क्यान्सरका बारेमा विश्वव्यापी रुपमा चेतना फैलाउदै आएको हार्ड रक क्याफेले आफ्ना होटल, रेष्टुरेन्ट र क्यासिनोहरुमा यसका बारेमा आफ्ना ग्राहकहरुलाई जानकारी गराउदै आएको छ ।सोही समुहले नेपालमा पनि क्यान्सर सर्भाइभरहरुलाई सहयोग गर्दै आएको छ । सोही अवसरमा शुक्रबार दरवारमार्गस्थित हार्डरक क्याफेमा स्तन क्यान्सरका बारेमा छलफल गरिएको थियो ।

“हार्ड रकले २४ औं पिङ्कटोबर प्रचारमा विश्वभरि एकजुट र स्तन क्यान्सरबाट प्रभावितहरुलाई यसको रोक थामकालागि चनचेतना फैलाउन हार्ड रक इन्टरनेशनलका अध्यक्ष जिम एलेन आग्रह गरेको सन्देश सुनाइएको थियो ।

हार्ड रक क्याफे काठमाडौंमा, स्तन क्यान्सरले प्रभावित गरेका व्यक्तिहरूलाई समर्थन गर्न यो कार्यक्रमको आयोजना गरिएको हार्ड रक क्याफे काठमाडौका सहायक महाप्रवन्धक नारायण सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्