कोशीमा मुख्यमन्त्रीका लागि आङ्बो र केदार कार्कीको दाबी पेश


विराटनगर।

कोशी प्रदेशका मुख्यमन्त्रीका लागि दुई प्रदेशसभा सदस्यले हस्ताक्षरसहित आज दाबी पेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै दाबीसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको कोशी प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।

आङ्बो र कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न शुक्रबारसम्मको समय दिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।