कानुन मिचेर हवाई भाडा वृद्धि गरे कारबाही हुन्छ : मन्त्री किराँती



काठमाडौँ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन्  ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन्  । उनले नियमभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए ।

मन्त्री किराँतीले निजी कम्पनीहरूलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरू ऐन, कानुनभन्दा बाहिर जान पनि नपाउने बताए । कानुन भन्दा बाहिर गएर हवाई भाडा वृद्धि गरेमा कारबाही गरिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्