प्रधान सेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता



काठमाडौं ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायती सेनाका सेनाध्यक्षबीच भेटवार्ता भएको छ । असोज २१ बाट बेलायतको भ्रमणमा रहेका प्रधान सेनापति शर्मा र बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्याण्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।

भेटका क्रममा स्याण्डर्सले नेपाली सेनाको पेशागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताए । भेटमा सैनिक तालिम महानिर्देशक सन्तोष कुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रत्न बहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कोल पाउल स्मिथको उपस्थिति रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्