लागु औषधसहित दुई जना पक्राउ



उदयपुर ।

जिल्ला प्रहरी कायाृलय उदयपुर मातहतको लालपत्ता प्रहरी चौकीले मंगलबार साँझ लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सिराहाको लाहान बजारबाट गाईघाट तर्फ आउँदै गरेको अवस्थामा जम्मा ७५ एमपुल औषधी सहित उनीहरुलाई पक्राय गरेको हो ।

जिल्ला प्हरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका १० बोक्से घर भएका ३५ वर्षका विकास भन्ने चन्द्रशेखर राई र ११ नं वडा शिवालयटोल घर भएका वर्ष ३० को विगेस राईलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई प्रहरीले स. ६ प ८२८५ नंं. को स्कुटरमा सवारभै गाईघाट तर्फ आउँदै गर्दा शंकालागि चेक जाँच गर्दा पक्राउ गरिएको र स्कुटर चालक चन्द्रशेखर राई र स्कुटर पछाडि बस्ने विगेस राईको साथबाट फेनार्गन २५ एमपुल, ब्रुपिनोर्फिन २५ एम्पुल र डाइजेपाम २५ एम्पुल गरी जम्मा २५ एमपुल लागु औषध सहित बरामद गरीएको र जिल्ला प्रहरी कायाृलयले अनुसन्धान र सोधपुछ पछि जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद लिएर थप आवश्यक अनुसन्धान भैरहेको सूचना अधिकारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्