मोरङबाट लुटपाटमा संलग्न दुईजना पक्राउ



विराटनगर ।

लुटपाटमा संलग्न दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट लुटिएको रकमसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो विराटनगर-१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। प्रहरी हौं भन्दै दुईजनाले लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने लुटपाटमा संलग्न विराटनगर–१ पानी ट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापा रहेका छन्।

प्रहरीले तामाङलाई बुधबार र थापालाई बिहीबार बिहान पक्राउ परेका हुन्। पीडित साहले बिमामा तिर्न र बैंकमा जम्मा गर्न आफूले लिएर आएको १२ लाख रूपैयाँ लुटपाट भएको प्रहरीसमक्ष बताएका थिए। लुटपाट भएको रकमका बारेमा र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न तामाङ र थापा दुवैजना पूर्वप्रहरी जागिर छोडेका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्