बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ


धनगढी ।

कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ का ४८ वर्षीय कृष्णप्रसाद चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला अदालत कैलालीले जबरजस्ती करणीको आरोपमा २०७६ पाल्गुन २१ गते १ हजार जरिवाना र १ वर्ष कैद तोकेकोे थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। चौधरीलाई कारबाहीको लागि आजै अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।