बज्राचार्य पुजाविधिमा सक्रिय विश्वरत्न बज्राचार्यलाई मातृशोक



ललितपुर।

बज्राचार्य पुजाविधि परम्परालाई युवापुस्तामाझ पुनःजीवन दिन निरन्तर सक्रिय रहनुभएका विश्वरत्न बज्राचार्यलाई मातृशोक परेको छ ।

उहाँकी ममतामयी माता श्रीमाया बज्राचार्यको ८२ वर्षीयको उमेर बुधबार बिहान ५ बजे इमाडोलस्थित किष्ट हस्पिटलमा निधन भएको हो। गत असोज १ गते आइतबार श्श्वासप्रश्र्वासमा समस्या देखिएपछि स्वर्गीय बज्राचार्य लाई किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि असोज २१ गते आइतबार उहाँलाई डिस्चार्ज गरिएको थियो। त्यसको तीन दिनपछि गत मंगलबार पुन छातीमा समस्या आएपछि सोही अस्पतालमा लगिएको थियो । चिकित्सकहरूका अनुसार उहाँको छातीमा निमोनियाको समस्या देखिएको थियो।

स्वर्गीय बज्राचार्यलाई पशुपतिस्थित आर्यघाटमा नेवाः बौध्द परम्परा अनुसार दाहसंस्कार गरिएको थियो। स्वर्गीय बज्राचार्यलाई कान्छा छोरा विश्वरत्न बज्राचार्यले दागबत्ती दिनुभयो । त्यसपछि विद्युतीय शवदाहमा दाहसंस्कार गरिएको थियो । स्वर्गीय बज्राचार्यका दुई छोरा र चार छोरी रहेका छन् ।

अरू पेशा व्यवसाय छाडेर विश्वरत्न बज्राचार्यले विशेषतः खोकना र बुंङ्गमतीमा बज्राचार्य पुजाविधिको संरक्षण, त्यस बारे अध्ययनको आवश्यकतालाई जोड दिँदै आउनुभएको छ । उहाँले आफ्नो बुबा बुंङ्गमतीका प्रसिद्ध स्वर्गीय गुरूजु रत्नकाजी बज्राचार्यलाई अपनाउनुभएको वैद्य पेशालाई निरन्तर दिदै आउनुभएको छ । स्वर्गीय बज्राचार्यको बौध्द परम्परा अनुसार निर्वाण कामना गरी दुर्गति परिशोधारणी स्त्रोत पाठ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्