सौच गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



सर्लाही । 

सर्लाहीको बरहथवा नगरपालिका-१४ बिनमाटोलमा जंगली जनावरलाई थापेको करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

मंगलबार राति घर बाहिर सौच गर्ने जाने क्रममा स्थानीय ५० वर्षीय शिवजी साह तेलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

स्थानीय नरेश साह बनियाले जंगली जनावर छेक्न बिजुलीको नाङ्गो तार खेतमा लगाएका थिए।तेलीको मृत्यु भएपछि प्रहरीले १९ वर्षीय जग्गाधनी रामकेवल साहलाई नियन्त्रणमा लिएको छ । शव परिक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्