परराष्ट्रमन्त्रीद्वारा सहयोगको आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलका विदेशमन्त्री एली कोहेललाई टेलिफोन गरी इजरायलमा प्यालेस्टिनी विद्रोही हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

कृषि विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमणमा परी ज्यान गुमाएका हुन् ।

परराष्ट्रमन्त्री साउदले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थी तथा कामदारहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउन लागि पनि समकक्षी कोहेललाई आग्रह गर्नुभएको छ ।

प्यालेस्टाइन भूमिका लागि संघर्ष गर्दै आएको हमासको आक्रमणमा परी इजरायलमा हालसम्म थाई नागरिक १२, अमेरिकी नागरिक ११, नेपाली नारिक १०, अर्जेन्टिनी ७, युक्रेनी २, रुसी १, बेलायती १, कम्बोडियन १, क्यानाडेली १, फ्रान्सेली २ लगायतका विदेशी नागरिक मारिएका छन् । हमासले १ सय ५० भन्दा बढी विदेशी नागरिक बन्धक बनाएका छन् भने दर्जनांै विदेशी नागरिकको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्