हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो, अर्का घाइते



सर्लाही । सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रामेछाप लिखुतामाकोशी गाउँपालिका घर भई हरिवन नगरपालिका–७ बस्ने १८ वर्षीय शिवप्रसाद दाहाल रहेको सव डिभिजन वन कार्यालले जनाएको छ ।

आज (मंगलबार) बिहान जानकीनगरको जंगलमा घाँस–दाउरा लिन आएका दुई जनालाई हात्तीले आक्रमण गरेको उक्त कार्यालयका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्