दरबारमार्गको हार्ड रक क्याफेमा बालबालिकाका लागि ‘मेस्सी किड्स बर्गर’


काठमाडौं ।

दरबारमार्गस्थित हार्ड रक क्याफेमा यतिबेला वयस्कभन्दा बालबालिकाको जमघट छ । सेतो सेफ ह्याट लगाएका उनीहरु आफै बर्गर बनाउँदैछन् । हार्ड रक क्याफेले बालबच्चालाई लक्षित गरेर मझौला आकारको बर्गर पेश गरेको छ । विश्वभरका हार्ड रक क्याफेले एकसाथ ‘मेस्सी किड्स बर्गर’ आफ्नो मेनुमा समावेश गरेको हो । विख्यात फुटबलर लियोनल मेस्सी हार्ड रक इन्टरनेशनलको ग्लोबल एम्बेसडर हुन् । उनैको नामबाट हार्ड रकले पहिलो पटक मेस्सी मेनु ‘द हार्ड रक मेस्सी किड्स’ समावेश गरेको हो ।


विश्वभरका हार्ड रक क्याफे, होटल र क्यासिनोमा ‘किड्स बर्गर’ उपलब्ध भएसँगै दरबारमार्गस्थित क्याफेले पनि यसलाई सार्वजनिक गरेको हो ।भनिहालौं, हार्ड रक क्याफे अन्तर्राष्ट्रिय फ्रेन्चाइज हो, जसको स्थापना अमेरिकामा भएको थियो । ५२ बर्षअघि सुरु भएको यस क्याफे अहिले विश्वका थुप्रै मुलुकमा विस्तार भएको छ । काठमाडौं, दरबारमार्गस्थित यो क्याफे त्यसैको सिलसिला हो ।

शेर्पा मलको दोस्रो तलामा उक्लिएपछि भेटिने हार्ड रक क्याफे अमेरिकन परिकारका लागि विशेष मानिन्छ । खासगरी बर्गर यहाँको मूख्य आकर्षण हो । त्यसबाहेक पनि यहाँ अरु थुप्रै व्यञ्जनको स्वाद लिन पाइन्छ ।यसपाली हार्ड रकले बालबालिकालाई लक्षित गर्दै मेनुमा अरु परिकार पनि थपेको छ ।

जस्तो मेस्सी एक्स बर्गर, मेस्सी गोल्डेन चिकेन स्याडविच, बेकन चीजबर्गर, हट डग ।यसै मेसोमा हार्ड रर्कले मेसीलाई उद्गृत गर्दै विज्ञप्तीमा भनेको छ, ‘तीन सन्तानको बुवाको हैसियतले बालबालिकाहरुसँग मेरा सधै प्रेमिल सम्बन्ध छ । अब हार्ड रकमा हाम्रा परिवारहरुलाई विभिन्न प्रकारका स्वादिष्ट भोजन र रमाइलो अनुभव प्रदान गर्न बालबच्चाको मेनु सुरु गर्दैछौं ।

’दरबारमार्गस्थित हार्ड रक क्याफेले यही शनिवारदेखि बालबालिका लक्षित परिकारहरु सार्वजनिक गरेको हो । ‘हामीले पारिवारिक र बालमैत्री वातावरणका साथमा उनीहरुकै मेनु पेश गरेका हौं’ हार्ड रकका मिडिया संयोजक विनिशा सिंह वस्नेत भन्छिन्, ‘बालबच्चाको छुटै व्यञ्जन राख्न पाउँदा हामी उत्साहित छौं ।’ हार्ड रक इन्टरनेशनल विश्वका ७० बढी देशका २ सय ९० स्थानमा सञ्चालित छन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।