हाङझाउ
चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङले नेपाललाई रजत पदक दिलाएकी छन् ।
कराँतेको कुमुतेतर्फ ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी थिइन् । स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा एरिक काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग पराजित भएपछि रजतमै सिमित भइन्।
उनले त्यसअघि शनिबारै भएको क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १-१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् । एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमा कांस्य पदक जितेको थियो ।
एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशाैं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छिन्। एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा एक पटक मात्र रजत जितेको छ। सन् १९९८ को एसियाडमा तेक्वान्दो खेलाडी सविताराज भण्डारीले रजत जितेकी थिइन्।








तपाईंको विचार लेख्नुहोस्