सल्यानमा बस दुर्घटना :  २ जनाको मृत्यु, १४ घाइते 



सल्यान। 

सल्यानमा बस दुर्घटना  हुँदा  २ जनाको मृत्यु  भएको  छ । मृत्यु  हुनेमा तुलसीपुर  उ प न ६ कि ३१ वर्षीय  सुमित्रा  सुनार  र सल्यान  त्रिवेणि गाउँपालिका ६ कि  अन्दाजी ४० वर्षकी अनिता बोहरा रहेको  जिल्ला प्रहरी  कार्यालय  सल्यानले जनाएको  छ ।

तुलसीपुरबाट सल्यानको जयचौर आउदै गरेको ना ६ ख ५४६३ नम्बरको बस  कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै  दुर्घटना  भएको हो । दुर्घटनामा १४ जना घाइते  भएको  जिल्ला  प्रहरी  कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए   । घाइतेलाईलाई प्रादेशिक  अस्पताल तुलसीपुर  पठाइएको  प्रहरीले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस्