भक्तपुरमा सालनालसहित नवजात शिशुको शव फेला



काठमाडौं ।

 भक्तपुरको सिर्जनानगरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। आज भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोलाको किनारमा अन्दाजी २र३ दिनको जस्तो देखिने सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गर्नेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सालनालसहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा भेटिएको जनाएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्