परिणितीले गरिन् बिहे

0
Shares

बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका संसद् राघव चड्ढाका साथ विवाह गरेकी छन्।

इन्गेजमेन्टको लगभग ४ महिनापछि विवाह बन्धनमा बा“धिएका उनीहरूको विवाह राजस्थानको उदयपुरस्थित होटल लीला र ताजलेकमा भव्यताका साथ सम्पन्न भएको हो। भारतीय सञ्चार माध्यमहरूका अनुसार वैवाहिक समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीलाल लगायतका राजनीतिज्ञका साथमा बलिउड हस्तीहरूको सहभागिता रहेको थियो। विवाहको अघिल्लो दिन उनीहरूले संगीत समारोह गरेका थिए।

जहा“ गायकहरू नवराज हंसलगायतले गीत–संगीत प्रस्तुत गरेका थिए भने परिणितीले राघवका लागि गीतसमेत गाएकी थिइन्। स्थानीय प्रहरीले उनीहरूको विवाहको सुरक्षाका लागि ११ जना सिपाही तैनाथ गरेको थियो।

बेलायतमा अध्ययनको क्रममा एक–अर्कालाई चिनेका परिणिती र राघव शुुरुमा राम्रो साथी थिए। सन् २०२२ मा पञ्जावी फिल्म चम्किलामा काम गरिरहेकी परिणितीलाई भेट्न राघव सेटमै पुगेपछि उनीहरूको प्रेम सम्बन्धबारे हल्ला चलेको थियो।