प्रेम सम्बन्धका कारण आमाछोरीको हत्या 

आठ महिना अघि बनेको थियो हत्या गर्ने योजना 



 सल्यान। 

सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेका आमा–छोरीको हत्या भएको पुष्टि भएको छ । गत भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका २ झालेढुङ्गामा २९ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव आफ्नै घरको कोठामा शरीर आधा जलेको अवस्थामा फेला परेको थियो ।

आमा छोरीको हत्या गर्ने सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षका कर्ण बहादुर बस्नेतलाई  जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरी सार्वजनिक गरेको छ । उनलाई घटना भएको पाँच दिन पछि सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर बजारबाट बुधबार साँझ पक्राउ गरेको हो ।

प्रेम सम्बन्धका कारण हत्या गरी आरोपीले प्रमाण लुकाउन आगो लागेर मृत्यु भएको देखाउन कोठामा पेट्रोल छर्केर आगजनी गरेको प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

उनका अनुसार ७ वर्ष पहिले उनीहरूको प्रेम सम्बन्ध रहेको रेउतीको बिहे भएपछि हत्याको योजना भएको अभियुक्त भदौ २५ गते वैदेशिक रोजगारबाट फर्किएर मृतको घरमा पुगि हत्या गरेका हुन । उनले राति ९ बजे रेउतीको कोठामै पसेर हत्या गरी आमा छोरीलाई पेट्रोल छर्केर जलाएको प्रहरी प्रमुख कार्कीले बताए ।

रेवतीलाई सलले घाँटी बेरेर अर्ध बेहोस भएपछि शरीरमा पेट्रोल छर्किएर प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुल्न आएको प्रमुख कार्कीले जानकारी दिए ।

प्रेममा धोका पाएपछि बदलाको भाव 

हत्या आरोपित बस्नेत र मृतक थापाबिच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको अनुसन्धानबाट खुल्न आएको कार्कीको भनाई छ ।
सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने  निर्णयसम्म पुगेको अनुसन्धानबाट खुलेको उनले बताए । तर रेवतीले  चार वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको भन्दै बदलाको भावना सृजना भएको पाइएको छ । प्रेममा धोका दिएको र विगतमा सहमतिमा खिचिएका शारीरिक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरुबिच सामाजिक सञ्जालमै झगडा हुने गरेको समेत पाइएको छ ।

रेवतीको विवाह भएको दुई वर्ष पछि पुनः सामाजिक सञ्जाल मार्फत कुराकानी हुन थालेको र हत्याका अभियुक्त बस्नेतले रेवतीको श्रीमानलाई विगतमा लिएका अश्लील फोटो र भिडियो पठाएपछि रेवतीको घरमा समेत झगडा परेको देखिन्छ ।

आठ महिना अघि विदेशमै बनेको थियो हत्या गर्ने योजना 

 वैदेशिक रोजगारीका सिलसिलामा दुवई बस्दै आएका कर्ण बहादुरले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सात महिना अघि आफूले काम गर्दै आइरहेको कम्पनीमा विदाका लागि अनुरोध गरेपनि कम्पनीले बिदा नदिएपछि उनी भदौ २५ गतेमात्र दुबईबाट आएका थिए । दुबईबाट आएको एक सातामा नै रेवती एक्लै आएको मौका पारी राती करिब १० बजेतिर आगो लगाएर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्