कालिकोटका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

0
Shares

कालिकोट।

जिल्लाका नौ स्थानीय तहमध्ये आठ स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको नेतृत्वमा तयार पारिएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ का अनुशार जिल्ला सदरमुका रहेको खाँडाचक्र नगरपलिका,शुभकालिका,महावै,सान्नित्रिवेणी,नरहरिनाथ,पचालझरना,पलाता गाउँपालिका र तिलागुफा नगरपािलका पहिरो उच्च जोखिममा रहेका हुन्।

खाँडाचक्र नगरपालिका १ स्थित जिरोप्वाइन्ट नजिकै पहिरोका कारण सावटा घर पहिरोको उच्च जोखिममा रहेपछि विस्थापित भइ भाडामा बसेका छन भने खाँडाचक्र नपा ८ दशला माथिल्लो दलित टोलका १५ घर विस्थापित भई सुरक्षित स्थानमा कटेरा हालेर वसिरहेको अवस्था छ ।

कमजोर भू–बनोका कारण ठाउँ–ठाउँमा पहिरो खस्ने समस्या भए पनि स्थानीय तहले जथाभावी डोजरबाट खनेका सडकले समेत पहिरोको जोखिम बढाएको प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले वताउनु भयो । उहाँका अनुसार बाढी, पहिरो, आगलागी, महामारी, सुख्खा–खडेरी, चट्याङ, हावाहुरी, भीरबाट लड्ने तथा ढुंगा खसेर हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८३ तयार पारिएका हो ।

समितिले तयार पारेको प्रतिकार्य योजनामा खाँडाचक्र नगरपालिकाको जिरो प्वाइन्ट, दशला, गारुवा र सियाला तथा शुभकालिका गाउँपालिकाको समलागाउ र दहचौर, नरहरिनाथ गाउँपालिकाको रुप्सा र माल्कोट, सान्नीत्रिवेणी गाउँपालिकाको पोरिवन, पलाता र खार्दु लगाएतका बस्तीलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ ।

त्यस्तै तिला र कर्णाली नदीसँगै रहगाड, सान्नीगाड, फुगाड, तिवगाड, दाम्रीगाड, सिम्लागाड, बालीगाड, पादमगाड, टाकुल्ला, बाली र खल्लागाड आसपासका बस्ती पनि बाढी र पहिरोबाट प्रभावित हुन सक्ने क्षेत्रका रूपमा सूचीकृत गरिएको छ ।

जिल्ला प्रशासनको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको समन्वयमा खोज तथा उद्धार, सूचना व्यवस्थापन र विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएका छन् । आवश्यक उद्धार सामग्री व्यवस्थापन गर्नुका साथै स्थानीय तहका एकद्वार संकट व्यवस्थापन केन्द्रलाई सक्रिय बनाउने व्यवस्था पनि योजनामा समेटिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ गृह मन्त्रालय, सबै स्थानीय तह तथा सरोकारवाला निकायलाई वितरण गरिएको छ । विपद्का बेला उपलब्ध स्रोत–साधनको प्रभावकारी र छिटो परिचालन गर्न योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनु भयो ।