गृहमन्त्री श्रेष्ठ र आन्दोलनकर्मीबीच छलफल



काठमाडौं । बुधबारदेखि आन्दोलनरत शिक्षकहरू र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । दुई पक्षबीच छलफल बिहीबार बिहान भएको हो ।

गृहमन्त्रीसँग आन्दोलनरत शिक्षकहरूले शान्ति सुरक्षाको विषयमा छलफल गरेका छन् । आन्दोलनको पहिलो दिन केही असामान्य परिस्थिति बन्न पुगेपछि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा गृहमन्त्रीसँग छलफल भएको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको भएको छलफलमा आन्दोलनलाई शान्तिपूर्ण बनाउनेमा जोड दिइएको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

आजको छलफलमा गृहमन्त्रीसँगै शिक्षामन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी, नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्