दलित,महिला मानव अधिकार तथा पैरवी सम्वन्धि तालिम सम्पन्न



कालिकोट ।

दलित,महिला मानव अधिकार तथा पैरवी सम्वन्धि ३ दिने आधारभूत तालिमा मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । हाम्रो आवाज हाम्रो रोजाई अर्न्तगत मानव अधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक) कालिकोटको आयोजना तथा युरोपियन युनियनको सहयोग,प्लान इन्टरनेसनल  नेपाल र फेडो नेपालको साझेदारीमा तालिम सम्पन्न भएको हो ।

हुर्डेकका अध्यक्ष देबकला आचार्यको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका सदस्य अप्सरा कुमाल,फेडो नेपाल कालिकोटका अध्यक्ष हजा सुनार,जिल्ला संयोजक रमेश नेपालीको आतिथ्यतामा उद्घाटन भएको तालिममा खाँडाचक्र नगरपालिका ११ वटै वडाका दलित,महिला अधिकारको वकालत गर्ने स्थानीय नागरिक समाजका प्रतिनिधि,दलित महिला,जनजाती पत्रकार,जिल्ला प्रहरी कार्यालय दलित महिला सेलका प्रतिनिधि लगाएत २२ जना महिला र १७ जना पुरुष गरी ३९ जनाको सहभागित रहेको थियो ।

तालिमकमा सहजकर्ता कालीबहादुर मल्लले मानव अधिकारको परिभाषा,आधारभूत अवधारण,मानव अधिकारको विश्वव्यपी घोषणपत्र,लोकतन्त्रमा नागरिक स्थान,महिला अधिकार,दलित अधिकार,युवाका अधिकार लगाएतका विषयमा सहजीकरण गरेकाे हुर्डेकले जनाएको छ । तालिमका सहभागीहरुले समाजमा अहिलेसम्म जातीय विभेद,महिला हिंसा,युवाहरुमा वेरोजगारी समस्या कायमै रहेकाले सबैले यस्ता सवालमा पैरवी गर्नु पर्ने बताएका थिए । साथै उनीहरुले अधिकारबाट वञ्चित भएको नागरिकको अधिकार सुनिश्चिताको लागि पैरवी गर्न तालिले महत्वपूर्ण सहयोग पुग्ने धारणा राखेका  थिए ।

प्रतिक्रिया दिनुहोस्