आमाले छोराको न्याय मागिरहेकी छिन् भन्दै सारुकको पक्षमा राजधानीमा ¥याली



अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणबारे अनुसन्धानका लागि दबाब दिन उनका समर्थक र शुभचित्कहरूले राजधानीमा शान्तिपूर्ण ¥याली निकालेका छन्।

ज्ञानेश्वर चोकबाट शुरु भई मालीगाउ“सम्म आयोजना गरिएको मौन ¥यालीमा डेढ सय समर्थक, शुभचिन्तक, उनले अन्तिमपटक काम गरेको फिल्म ह्यास ट्याग मायास“ग सम्बन्धित फिल्मर्की, निर्माता निर्देशक तथा कलाकर्मी सहभागी थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताको आह्वानमा निकालिएको ¥यालीका सहभागीले जस्टिस फर सारुक, जस्टिस फर सारुक्स् मदर लेखिएका सेतो टिसर्ट पहिरिएका थिए। टिसर्टको अघिल्लो भागमा सारुक, उनको आत्महत्याको चोटले ज्यान गुमाउन पुगेका उनका अभिनेता तथा जादुगर पिता स्व. सानु ताम्राकार र माता रुक्मणी ताम्राकारको तस्वीर अकित थियो। सहभागीहरूले सारुकको न्याय त्यसै ढाकछोप नगरियोस्, आमाले छोरोका न्याय मागिरहेकी छिन्जस्ता ब्यानर बोकेका थिए। उनीहरूले सारुक र उनका अभिनेता पिता सानु ताम्राकारको आत्म शान्तिका लागि कामना गर्दै दीप प्रज्ज्वलनसमेत गरेका थिए।

¥यालीलाई अघि बढाउने क्रममा सहभागीहरूले बाटोको फोहोरसमेत उठाएका थिए। उनीहरूले समाजमा रहेको अपराधलाई फोहोर सफा गरेजसरी सफा गर्न दबाब दिनका लागि प्रतिकात्मक रूपमा बाटोको फोहोर उठाएको बताए। सहभागीहरूले प्रहरी प्रशासनले सारुकको निधनको निष्पक्षरूपमा अनुसन्धान गरी सत्यतथ्य चा“डै सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

ह्यासट्याग माया नामक फिल्ममा काम गरिररहेका सारुकले गत असार २१ गते ज्ञानेश्वरस्थित निवासमा आत्महत्या गरेका थिए। आत्महत्या गरेकै दिन उनी सो फिल्मको सुटिङ गरी निवास फर्किएका थिए। सोही कारण सुटिङमा के त्यस्तो घटना भएको थियो, जसका कारण सारुकले आत्महत्याको बाटो रोजे भन्ने बारेमा गहिरो र निश्पक्ष अनुसन्धान हुनुपर्ने जोड सामाजिक सञ्जाल प्रयोगकर्ता तथा फिल्मकर्मीस“गै विभिन्न पेशाकर्मीले दिइरहेका छन्।

सारुकले आत्महत्या गरेको ५२औं दिनमा उनका अभिनेता पिता सानु ताम्राकारको पनि निधन भएको थियो। छोरा र बुबा दुवैको निधन भएपछि चारैतिर सारुकको आत्महत्याको कारणबारे अनुसन्धान हुनुपर्नेमा आवाज उठिरहेको छ। उनका माता रुक्मणीले पनि पटक–पटक छोरोको आत्महत्याबारे अनुसन्धान गरिदिन प्रहरी प्रशासनलाई आग्रह गरिरहेकी छिन्। हालै मात्र पनि उनले फेसबुकमा स्टाटस लेख्दै सारुकले आत्महत्या गर्नुको कारणबारे छानबिन गर्न र फोन डिटेल सार्वजनिक गर्न अनुरोध गरेकी थिइन्। उनले छानबिन कहा“ पुग्यो भन्नेबारे आफूले कुनै खबर नपाएको समेत उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्