कागबेनीका बाढीपीडितलाई लायन्सले पठायो  राहत सामग्री



कास्की ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको छ।

शनिवार लायन्स अन्तर्राष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्ट अन्तर्गत (EMR23093/3251) प्राप्त दश हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको डिजास्टरफण्डबाट करिब २ लाख रकम गरी करिब १५ लाख बराबरको समान पठाएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिए ।

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडाकुँडा देखि खाद्यान्न सहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेस लगायतका दैनिक उपभोग्य बस्तु पठाइएको रावलले बताए ।

कागबेनीधाममा साउन २८ गते आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्‍याएको थियो । बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।

ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पुर्‍याएको थियो । बाढीले स्थानीयको घर,पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर पूरै बाढीले बगाएको थियो । पहिरोको कारण विस्थापित घरपरिवारकालागि राहत सामग्री पठाइएको डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले बताए ।

राहत सामग्री पठाउँदै बसेलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको उनको भनाई छ । उनले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितहरूलाई राहत उद्धारको काम गर्दै आएको जनाए।

प्रतिक्रिया दिनुहोस्