जन्मदिनको अवसरमा उपचारत विरामीलाई आर्थिक सहयोग



काठमाडाैं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफ्नो जन्म जन्मदिनको अवसरमा एक विरामीलाई आर्थिक सहयोग गरेका छन् ।

बिगतको वर्षझै यस वर्ष पनि भट्टराईले ताप्लेजुङ जिल्ला सिरिजंघा गाउपालिका वाड नं २ आम्बेगुदिन निवासी शान्तिराज कार्कीको छोरा अर्जुन कार्की विगत १ महिना देखि विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए ।

योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा अस्पतालमा अर्जुनलाई भेटी स्वास्थ्य लभाको कामना सहित २०,००० आर्थिक सहयोग गरेका छन् । घरायसी काम गर्ने शिलशिलामा लडेर घाईते भएका १३ बर्षका अर्जुन कक्षा ८ मा अध्यनरत छन् । तेल्लोक स्वास्थ्य चौकी , फिदिम अस्पताल , झापाको विर्ता सिट, विराटनगरको नोवेल अस्पताल, काठमाडौंको केएमसी अस्पताला हुँदै हाल टिचिङ अस्पताल महाराजगंगमामा उपचारत अजुर्नको स्वास्थ्यमा सुधार आई रहेको छ ।

विगतका बर्षमा ऋण तिर्न नसकेर गोठालो बसेका ताप्लेजुङका बालक दोर्ची शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाउन पहल गर्नुएका दोर्ची शेर्पा काठमाडौंको सामाखुसीस्थित एक विद्यालयबाट उच्च अंक सहित एसईई गरेका छन् । गत साल ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका वडा नं ५ निवासी भाई जीवन वनेमलाई (लिम्बु) सहयोग गर्नु भएको थियो ।

जीवन सानैदेखि खुट्टाको समस्याका कारण शारिरिक रुपले अशक्त हुनुहुन्छ । त्यो भन्दा अघिलो वर्ष उनले एसिड पिडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका थिए  । त्यस समय नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर उनले ५० हजार नगद प्रदान गरेका थिए ।

विगतमा पाथीभरा याङवरक गाउँपालिका वडा नं ६ थुम्बेदिनको शारदा मा।बी कक्षा १ मा कमल बि।क र सोही गाउँपालिका वडा नं ५ को चाक्सिबोटे मा.बि कक्षा १ मा गंगा बि.कलाई दुवै विद्यार्थीका लागि स्कुल ड्रेस, शैक्षिक सामाग्री र अन्य खर्चका लागि रु १० र १० हजार आर्थिक सहयोग उपलब्ध गराएका थिए  । त्यसभन्दा पहिल ताप्लेजुङ् जिल्ला हाङ्देवा निवासी कुमार शेर्पाका छोरा मिलन शेर्पालाई सात बर्षीय मिलन शेर्पा मुटुको उपचार गराइरहेको तर आर्थिक सहायता गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्