दशैँका लागि समयमै टिकट बुकिङ खुलोस्



दशैँ आउन लागेको छ । राजधानी उपत्यकाबाट बाहिरिनेहरु चाँजोपाँजो मिलाउन लागिसकेका छन् । त्यसैले सरकारले अहिलेदेखि नै व्यवस्थित यातायातका लागि चाँजोपाँजो मिलाउन लाग्नुपर्छ । कहिले दशैँ आउला र गाडीमा मान्चे कोचेर बढी नै कमाउँला भनी यातायात व्यवसायी थारो हालेर बसेका छन् ।

उनीहरुका लागि कमाउने मौका नै यही भन्दा हुन्छ । सकेसम्म यात्रुले टिकट बुकिङ नगरोस् र मन लागेजति असुलौंला भन्ने उनीहरुको दाउ हुन्छ । त्यसैले यात्रुको सुविधाका लागि सकेसम्म चाँडै टिकट बुकिङको व्यवस्था गरियोस् ।

टिकट नपाएर बिचौलियामार्फत टिकट लिनुपर्ने अवस्था यात्रुका लागि नआओस् । यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । किनकि गतवर्ष मैले टिकट नपाएर बिचौलियामार्फत बढी पैसा तिरेर लिनुपरेको थियो । अहिले त्यो अवस्था नआओस् ।
– वीरबहादुर बुढाथोकी, सिन्धुली ।

प्रतिक्रिया दिनुहोस्