आज सार्वजनिक बिदा



काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी विभिन्न् कार्यक्रम गरी मनाइँदैछ ।

पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।

उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भव्य धार्मिक कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा आज सरकारले सार्वर्जनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्