विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण



काठमाडौं । विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन् । विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण जितेका हुन् । तेश्रो स्थानमा थाइल्यान्डका बालान्कन पठानसिरावत रहे ।

याक एन्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधातर्फ सनमले स्वर्ण जितिन् । उनले हङ्गकङ्ग चाइनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात जितेकी हुन् । तेश्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् । नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । मलेसियाका अज्री विन अस्मत सेफ्रिले कास्य पाए । यस्तै, अर्कोपदक नेपालले ६० केजी तौलमा हात पा¥यो । अश्मिन बाबु गरुङ्गेले रजत र कमल भण्डारीले कांस्य पाए । यस विधामा थाइल्यान्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।

प्रतियोगितामा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्