वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर-११ पिपिरा चोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलियाबिटबाट बजार तर्फ आउँदै गरेको भे ७ प ७७४६ नम्बरको मोटरसाईकल पिपिरा चोकमा दुर्घटना भएको हो ।

पिपिरा चोकमा रोकेर राखेको कर्णाली प्रदेश ०२०० प ४००४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोटरसाईकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १२ का ४१ वर्षका धर्मदत्त सापकोटा गम्भीर घाइते भएका थिए ।

टाउको र छातीमा चोट लागेका उनलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्