५सय ४ जना कुमारीकाे सामुहिक पुजा हुने



काठमाडौं ।

युवा विश्व हिन्दु महासंघले ५ सय ४ कुमारी पुजा गर्ने भएको छ । इन्द्रजात्राको अवसरमा महासंघले तलेजु मन्दिरको मुल गेटमा कुमारी पुजा गर्न लागेको हो ।

१८ वर्षदेखि निरन्तर कुमारी पुजा गर्दै आएको महासंघले इन्द्रजात्रा शुरु भएको दोस्रो दिन पुजा गर्न लागेको हो । महासंघले कुमारीको नाम संकलन गरिरहेको थियो । यसवर्ष असोज १० गते पुजा हुनेछ ।

अध्यक्ष महर्जनले राष्ट्र कल्याण र विश्वशान्तिको कामपा गर्दै कुमारी पुजा आयोजना महासंघका अध्यक्ष राजन महर्जनले जानकारी दिए । महासंघले १८ वर्षदेखि निरन्तर रुपमा ५ सय ४ जना कुमारी पुजा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्